पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने
पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा शुरू हुनेछ । नगर परिक्रमाको रुट एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिनेछ ।
पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् ।
प्रतिक्रिया