भदौ २३ २०८३, मंगलबार

१९ वर्ष मूनीको महिला टी–२० मा नेपालले आज युनाइटेड अरब इमिरेट्स सँगै खेल्दै

आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै खेल्दै छ । आफ्नो तेस्रो खेलअन्तर्गत आज नेपालले यूएईसँग उसकै मैदानमा खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे शुरु हुने छ ।

 

 

बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले  कुवेतलाई एक सय आठ रनले पराजित गर्‍याे ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार