श्रावण २९ २०८३, शुक्रबार

काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज एनपीएल को भव्य शुभारम्भ हुँदै

काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् ।

हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । 

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्व दिएका छन् । आ–आफ्नो टिमको मनोबल बढाउन प्रदेश सरकारदेखि प्रायोजकले विभिन्न पुरस्कार राशीको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार