वैशाख ०३ २०८३, बिहिबार

नेपालले अमेरिकाविरुद्धको टी–२० शृङ्खला क्लिन स्वीप गर्‍यो

Ads

 

काठमाण्डाै – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ। आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पार्यो।

Ads

तस्बिर: CAN

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका आसिफ शेखले अर्धशतक प्रहार गर्दै ३९ बलमा ५० रन बनाएर आउट भए। यस्तै, कुशल मल्ल ४४ रनमा र कुशल भुर्तेल ४० रनमा अविजित रहे। अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १/१ विकेट लिए।

Ads

यसअघि, डालासमा टस जितेर ब्याटिङ गर्न आएको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो। अमेरिकाका साइतेजा मुकामलाले ६८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने मिलिन्द कुमारले नटआउट ४३ रन बनाए। नेपालका तर्फबाट सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए।

शृङ्खलाको पहिलो खेलमा नेपालले १७ रनले जित हात पारेको थियो। दोस्रो खेलमा नेपालले रोमाञ्चक सुपर ओभरमा जीत दर्ता गरेको थियो।

Ads

अब टी–२० शृङ्खला पछि घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार