वैशाख ०८ २०८३, मंगलबार

पाकिस्तान क्रिकेट टोलीमा ठूलो परिवर्तन, बाबरसहित ४ खेलाडी बाहिर

Ads

 

काठमाडौँ । लामो समयदेखि खराब प्रदर्शन देखाइरहेको पाकिस्तानी क्रिकेट टिममा ठूलो फेरबदल भएको छ। पूर्व कप्तान बाबर आजमसहित ४ प्रमुख खेलाडीलाई दोस्रो र तेस्रो टेस्ट खेलका लागि बाहिर राखिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबरसँगै शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई टिमबाट हटाएको हो।

Ads

नयाँ अनुहारको रूपमा हासिबुल्लाह, मेहरान मुमताज, र कामरान गुलामले पहिलो पटक टिममा स्थान पाएका छन्। यसबाहेक, मोहमद अली र अफ स्पिनर सजिद खान पनि नयाँ टोलीमा सामेल भएका छन्।

इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा पहिलो खेलमा अपमानजनक हारपछि पाकिस्तानी टोलीमा गरिएको यो परिवर्तनलाई आगामी खेलमा सुधारका रूपमा हेरिएको छ।

Ads

नयाँ पाकिस्तानी टेस्ट टोलीको सूची:
शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हासिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा, र जाहिद महमूद।

नयाँ टोलीका प्रदर्शनमा अपेक्षा उच्च
पाकिस्तानी क्रिकेट प्रेमीहरूले यस नयाँ टोलीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन्। टीममा गरिएको यस परिवर्तनले पाकिस्तानलाई आगामी खेलहरूमा नयाँ ऊर्जा मिल्ने आशा गरिएको छ।

Ads

अधिक जानकारीका लागि मकालुखबरमा अपडेट रहनुहोस्।

प्रतिक्रिया

सम्बन्धित समाचार