श्रावण २९ २०८३, शुक्रबार

इपीएलमा वेस्टह्यामलाई ५–२ गोलले पराजित गर्दै आर्सनल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग फुटबल (इपीएल)मा वेस्टह्यामलाई ५–२ गोलले पराजित गर्दै आर्सनल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति वेस्टह्यामलाई घरेलु मैदानमा हराएको आर्सनलको १३ खेलमा २५ अङ्क भएको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अङ्क छ । लिभरपुलले १२ खेल खेलेको छ ।

 

गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा विजयी भएको ब्रेन्टफोर्ड सातौ‌ं स्थानमा उक्लिएको छ ।

यस्तै गएराति बर्नमाउथले उल्भ्सलाई ४–२ गोलले पराजित गरेको छ । नटिङघम फरेस्टले इपस्वीचलाई १–० गोलले पराजित गर्दा क्रिष्टल प्यालेस र न्युक्यासलले एक–एक गोलको बराबरी खेलेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार