जेष्ठ ०२ २०८२, शुक्रबार

रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा, समर्थकप्रति आभार प्रकट

Ads

 

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले धेरै वर्षदेखि आफूलाई दिएको माया, साथ र समर्थनका लागि प्रशंसक, टिम सदस्य र परिवारप्रति धन्यवाद व्यक्त गरेका छन्।

Ads

रोहितले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “टेस्ट क्रिकेट मेरो लागि गौरवको विषय रह्यो। भारतीय जर्सीमा सेतो कपडामा उत्रिनु मेरो सपना थियो, र त्यो सपना पूरा भएकोमा म निकै गर्व महसुस गर्छु।”

उनी अब सीमित ओभरको क्रिकेटमा मात्र सक्रिय रहनेछन्। रोहितले आफ्नो टेस्ट करिअरमा धेरै महत्वपूर्ण इनिङ खेल्दै टिम इण्डियालाई विश्वकै उत्कृष्ट टेस्ट टिम बनाउन योगदान दिएका थिए।

Ads

उनको यो निर्णयले भारतीय क्रिकेटमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार