परीक्षा फारम भर्दा पुरानो ढाँचाको जन्मदर्ता अनलाइन गर्नु नपर्ने
गौरादह, ४ जेठ २०८२
गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुवेदीले विद्यार्थीहरूको परीक्षा फारम र रजिष्ट्रेशनका लागि पुरानो ढाँचाको जन्मदर्तालाई मान्यता दिने स्पष्ट पारेका पार्नुभएको छ। केही विद्यालयहरूले अनलाइन जन्मदर्ता अनिवार्य गरेको गुनासो बढेपछि मेयर सुवेदीले सरोकारवालाले प्रष्ट हुनुपर्ने बताउनु भएको हो ।
'वडा कार्यालयले सिफारिस गरेको हस्तलिखित जन्मदर्तालाई विद्यालयहरूले स्वीकार गर्नुपर्छ,' मेयर सुवेदीले भन्नुभयो, 'अनलाइन जन्मदर्ताको मागले विद्यार्थी र अभिभावकलाई अनावश्यक तनाव भएको छ। स्थानीय सरकारले प्रमाणित गरेको कागजातका आधारमा कुनै पनि परीक्षा फारम भर्न बाधा हुँदैन।' यो निर्णयले पुरानो जन्मदर्ता भएका विद्यार्थीहरूलाई अनलाइन प्रक्रियाको झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया