माघ २३ २०८१, बुधवार

आगलागी पीडितलाइ भेट्दै, बिकास अनुगमन गर्दै मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (सोमबार) झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ ।
Ads

 दुई दिनअघि सो टोलमा आगलागी भएको थियो । 
आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । उहाँलाइ पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो । 
यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । केहिदिन देखि त्यहा काम रोकिएको थियो ।
मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गर्नुभयो । उहाँले सो क्षेत्रका पार्टी कार्यकर्ता र नागरिकहरुसँग पनि भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार