माघ २३ २०८१, बुधवार

कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Ads

 

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरी चल्ने सम्भावना छ ।

Ads

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेश एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार