माघ २३ २०८१, बुधवार

गौरादह नगरपालिका १५औं नगरसभा सुरु

Ads

 

गौरादह, पुस २९ – गौरादह नगरपालिका १५औं नगरसभा नगर प्रमुख छत्रपती सुवेदीको अध्यक्षतामा सुरु भएको छ। नगर प्रमुखसँगै प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा, उपप्रमुख जलवर्षा राजवंशी, र नगरसभा सदस्यहरूको पूर्ण उपस्थितिमा यो सभा आरम्भ भएको हो।

Ads

उपप्रमुख जलवर्षा राजवंशीले नगरसभाको उद्देश्य केवल टिकाटिप्पणीहरू गर्नु नभई मध्यावधि बजेट निर्माण र प्रगति समीक्षामा ध्यान केन्द्रित गर्नु रहेको बताइन्। उहाँका अनुसार, यस नगरसभाले नगरपालिकाको आर्थिक स्थिति र आगामी योजनाहरूलाई मूर्त रूप दिने अवसर प्रदान गर्नेछ।

नगरसभामा वडाध्यक्ष तथा विषयगत समितिका संयोजक द्वारा प्रगतिविवरण प्रस्तुत गरेपछि, उपप्रमुख जलवर्षाले नगरपालिकाको समग्र प्रगतिको समीक्षा गर्दै आगामी योजनाहरूको कार्यान्वयनमा ध्यान दिइने जानकारी गराइन्। नगरपालिकाको अनुमानित ५ करोड ७० लाख राजस्वमध्ये २ करोड ३२ लाख राजस्व संकलन भइसकेको उनले बताइन् । 

Ads

नगरसभामा विभिन्न वडाका अध्यक्षहरूले आफ्नो वडाको प्रमुख योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका छन्।

वडाध्यक्षहरूको विचार:

वडा नं. ८ वडाध्यक्ष गणेश कुमार राजवंशी: "कृषिमा आधुनिकीकरण र मिसन मकै कार्यक्रम अघि बढाउने हाम्रो योजना छ। यससँगै, ५०% अनुदानमा धानको बीउ वितरण गरिने छ।"

वडा नं. २ वडाध्यक्ष गोपालप्रसाद कोइराला: "महालेखा परिक्षण कार्यालयको मौखिक प्रतिवेदन अनुसार साविक बेरुजु १२ प्रतिशतबाट घरेर २% भएको बताए ।  जनता सँग जनप्रतिनिधि कार्यक्रमले सुशासन प्रतिको प्रतिबद्धतालाई थप प्रभावकारी बनाएको जनाए । नगरपालिकाले गतवर्ष देखि सुरु गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रमले   'जनताका गुनासा सुन्ने महत्त्वपूर्ण प्लेटफार्म भएको बताए ।  

वडा नं. ५ वडाध्यक्ष जगन्नाथ खनाल: "शिक्षामा नयाँ अवधारणा लागू गरिएको छ र कृषि क्षेत्रमा किसानहरूको आकर्षण बढाएको छ।"

वडा नं. ६ वडाध्यक्ष तोयानाथ प्रसाईं: "सीमित स्रोत साधनका कारण अपेक्षाअनुरूप विकास गर्न नसकेको भए पनि, कृषि क्षेत्रमा राम्रा योजनाहरू अघि बढाइएका छन्।"

वडा नं. ४ वडाध्यक्ष दुर्गामणी बस्नेत: "माटो परीक्षण, सुधारिएको हलो र पावर टेलर वितरण जस्ता कार्यक्रम सम्पन्न गरिएको छ।"

नगर प्रवक्ता नगेन्द्र भण्डारीले २२६ वटा भौतिक योजनामध्ये २२ वटा योजनाको भुक्तानी भइसकेको जानकारी गराउँदै, साना योजनाहरू उपभोक्ता समितिबाट सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

नगरसभा आगामी माघ ९ गते बिहान ११:३० बजे पुनः बस्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार