माघ २३ २०८१, बुधवार

गौरादह आँखा अस्पतालको वार्षिकोत्सव

Ads

 

गौरादह आँखा अस्पतालको वार्षिकोत्सव

Ads

झापाको गौरादहमा रहेको गौरादह आँखा अस्पतालले आफ्नो सेवा सुचारु गरेको एक वर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाउने भएको छ। एक वर्षअघि निजी क्षेत्रको लगानीमा स्थापना भएको यो अस्पतालले आँखा उपचारका लागि गौरादह क्षेत्रमा ठूलो सम्भावना देखाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, अस्पतालको स्थापना भएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ। अस्पतालले एक वर्षको अवधिमा १२,००० भन्दा बढी बिरामीको आँखा जाँच गरिसकेको छ। यसले विभिन्न स्थानहरूमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्नुका साथै निःशुल्क चस्मा वितरण गर्दै आएको छ।

Ads

अस्पतालले दैनिक ओपीडी सेवा, सबै प्रकारका आँखा रोगहरूको उपचार, अनुभवी डाक्टरहरूद्वारा परामर्श सेवा, र स्थानीय तहसँगको सहकार्यमा आँखा शिविर सञ्चालन गर्दै आएको छ।

अध्यक्ष ध्रुब गिरीले बताउनुभयो, "गौरादह आँखा अस्पतालले आफ्नो स्थापना भएको एक वर्षमै स्थानीय तह र समुदायसँग सहकार्य गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। १२,००० भन्दा बढी बिरामीको आँखा जाँच र निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्नु हाम्रो मुख्य उद्देश्यका उदाहरण हुन्। निःशुल्क चस्मा वितरण, अनुभवी डाक्टरहरूको परामर्श, र हरेक स्थानमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु हाम्रो प्रतिबद्धता हो।" उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवाहरू प्रदान गर्न प्रयासरत रहने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार