d

कविता : शब्दहरुको सजावट

Views:

 

अक्षर अक्षर आपसमा जोडिए 
शब्द नयाँ बनेर तब देखिने छ ।
भावहरुको  मदिरा पान गरेर 
आफ्नो मनको बह  पोखने छ ।

शब्दहरुको  मोती चुनी चुनी 
आफ्नै ताना बानाले  बुनेर।
प्रेम, पीड़ा, सुख ,दुःख सारा 
भन्ने छु कोरा कागज़मा लेखेर।

अक्षरहरु जोडेर  यो बन्धन
चलिरहने छ  यहाँ निरन्तर।
केही तिमी , केही म  लेखौला 
चलिरहने छ  युग युगान्तर।

नयाँ भाव र विचारहरुको यहाँ 
सरिता बहनेछ जब मनअन्तर।
गीत ,गजल,कवितामा  लेखि छ 
म भावलाई  सुन्दर संग सजाएर।
          - देवेन्द्र किशोर ढुङगाना
         भद्रपुर मेची क्यापस मार्ग झापा

Views: