d

गौरादहमा जलवायु उत्थानशील दिगो कृषि कार्यक्रम सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जलवायु समानुकूलन एवम् पर्यावरण–मैत्री कृषि  प्रविधि र अभ्यासमा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका  साथ झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा  ब्रीटीस काउन्सिल र  नेपाल युवा संस्था संजाल, आयोन(AYON) को सहयोगमा 'जलवायु उत्थानशील दिगो कृषि कार्यक्रम' सुरु भएको छ। 
कार्यक्रमको पहिलो दिनमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव र यसलाई कम गर्न अनुकुलनका उपाय माथी  उपस्थित किसान,विद्यार्थी र सरोकारवाला निकाय बिच छलफल भएको थियो ।स्थानीय किसानमा जलवायु परिवर्तनबारे सचेतना जगाउँदै   असल कृषि अभ्यास मार्फत  अनुकुलनका प्रयास र  जलवायु जन्य प्रकोपबाट वालीहरुको संरक्षण गर्ने उदेश्यले सञ्चालन भएको 'जलवायु उत्थानशील दिगो कृषि कार्यक्रम' को पहिलो दिन कृषि बालीलाई रोगजन्य, प्रकोप, सुख्खा खडेरी र अन्य जलवायु जन्य प्रकोपको बेला कसरी संरक्षण गर्ने, उन्नत कृषि प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा रहेर रचनात्मक ढंगबाट युवा विद्यार्थीद्वारा कार्यक्रम संचालन भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि गौरादह नगरपालिका वडा नम्बर १ महिला सदस्य अन्जु निरौलाले वर्तमान समयमा जलवायु जन्य जोखिम उच्च रहेको हुँदा यस सँग जुध्न कृषकहरु तयार रहनु पर्ने र नगरपालिकाले यसका लागि आवश्यक सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियो।
त्यस्तै गौरादह कृषि क्याम्पसका शिक्षण साहयक बिकेश थापा द्वारा जलवायु परिवर्तनको असर स्वरुप  बढ्दो रोग किरा को प्रकोपले विषादीको प्रयोगमा भारी वृद्धि भए संगै मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर परेको र यसमा सबै जनमानस सचेत हुनु पर्ने कुरा औल्याउँनु भएको थियो।
आयोजक टिमद्वारा विषादीको जोखिम स्तर बारे जानकारी सहित शत्रु र मित्र जीवको प्रदशनी गरिएको उक्त कार्यक्रममा किरा नियन्त्रणमा भौतिक पासोको महत्त्वसाथै विभिन्न पासो को प्रयोग विधि र उपयोगितामाथी छलफल र प्रदशनी भएको थियो। 

वडा नम्बर १ को सभाहलमा आरम्भ गरिएको कार्यक्रमको सहजीकरण गौरादह कृषि क्याम्पसका शिक्षक विकास थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रेक्षा पुरीले गरेकी थिइन् । 

Views: