d

राप्रपा किन देखियो उपनिर्वाचनमा कमजोर ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

वैशाख १५ को उपनिर्वाचनमा राप्रपाले कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा जमानत गुमाएको राप्रपाले दुई क्षेत्रमा गरेर जम्मा ६४६ मत पाएको हो । 
राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउँदा उनले ४०४ मत पाए ।  यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । 

संगठन कमजोर भएको कारण इलाम २ मा न्युन मत आएको राप्रपा झापा जिल्ला अध्यक्ष केशब ओझा बताउछन्।  
राप्रपाले इलाम २ मा अब्बल उम्मेदवार उठाएको भएपनि सांगठनिक रुपमा आफुहरु कमजोर भएको कारण मतदाताको मन जित्न नसकिएको ओझाको भनाई छ।

  'हामीले प्रचारप्रसारमा कुनै कन्जुस्याई गरेनौ, यद्दपी हामीले इलाममा प्राप्त गरेको मतले संगठन निर्माण गर्न भने मद्दत पुग्ने देखिएको छ।', ओझाले भने।  

पछिल्लो राजीनितिक परिस्थितिले गर्दा पनि पार्टीलाई कम मत प्राप्त भएको केन्द्रिय सदस्य गोपाल पौडेल बताउछन्। 

'राजावादीहरुमा विभाजन देखिदा मतदाताहरु दोधार भएका हुन्।  हामी यसको गम्भीर समिक्षा गर्छौं।', पौडेलले भने।  

उपनिर्वाचनको नतिजालाई आधार बनाएर पार्टीको समग्र मुल्यांकन गर्नु उचित नहुने वाणिज्य समन्वय विभाग प्रमुख तथा केन्द्रिय सदस्य लक्ष्मी प्रसाद संग्रौला बताउछन्।  

'राजसंस्था पुनर्स्थापना , संघीयता खारेजी, हिन्दुराष्ट्र कायम जस्ता महत्वपूर्ण मुद्दा लिएको पार्टीलाई उपनिर्वाचनको मत परिणामका आधारलाई जोडेर बहस गरिनु हुँदैन। देशव्यापी रुपमा हाम्रो एजेन्डा बलियो हुँदै गएको छ।', संग्रौलाले भने।    

Views: