d

सत्ता गठबन्धन छाड्न नेकपा एकीकृत समाजवादी भित्र चर्को दबाब

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) भित्र पार्टीले सत्ता गठबन्धन छाड्नु पर्ने दबाब पर्न थालेको छ  । बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएका हुन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सो पार्टीको संसदीय दलको बैठक बसेको थियो । बैठकमा अधिकांश सांसदले वर्तमान सत्ता गठबन्धन त्याग्नुपर्ने बताएका थिए ।  

एकीकृत समाजवादीबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि १८ जना सांसदहरु रहेका छन् । 

Views: