d

कमल ५ मा निशुल्क स्वास्थ्य शिविर, ३ सय ४९ लाभान्वित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास ,१६ बैशाख, झापा

झापाको कमल गाउँपालिका -५ वडा कार्यालयको आयोजनामा १ दिने निशुल्क  स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडावासीलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले फिजिसियन सेवा लगायत दाँत तथा आँखा सम्बन्धि समस्याको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरबाट ३ सय ४९ जनाले निशुल्क स्वास्थ्य सेवा पाएका वडा सचिव अमृत साहले जानकारी गराए । वडा सचिब साहका अनुसार आखाँतर्फ २२९ जना , दाँततर्फ ६३ र फिजिसियनतर्फ ५७ जनाले स्वास्थ्य सेवा पाएका छन् । आखाँ परिक्षण गराएका मध्ये ८० जनालाई निशुल्क रूपमा चश्मा तथा विभिन्न रोगका विरामीहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको सचिव साहको भनाइ छ । 

स्वास्थ्य परिक्षणमा विर्ता ज्योति आखाँ अस्पताल दमक , दन्ततर्फ ओम शान्ति डेन्टल ओम शान्ति डेन्टल दमक र फिजिसियनतर्फ दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको वडाध्यक्ष एल बी विष्टले बताए ।  शिविरमा कमल ५ वडासहित त्यस क्षेत्रका सर्वसाधारणहरु लाभान्दित भएका वडाअध्यक्ष विष्टको भनाइ रहेकोे छ  । 
यसैगरि वडा कार्यालयको आयोजना तथा शुभारम्भ नेपाल दमकको सहजीकरणमा लागू पदार्थ दुर्व्यशन रोकथाम सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
वैशाख १० गतेदेखि १३ गते सम्म वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि त्यस किसिमको सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।  पछिल्लो समय युवाहरूमा लागूपदार्थ प्रयोग गर्ने सङ्ख्यामा वृद्धि हुदै गएपछि त्यस्तो समस्याबाट जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष विष्टले बताए ।

Views: