d

विस्तृत छलफल नगरी बीआरआई कार्यान्वयन गर्न मिल्दैन - परराष्ट्र मन्त्री राणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै – परराष्ट्रमन्त्री आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छिन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले बीआरआई कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन्  । 

मन्त्री राणाले परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्नेबारेमा सरकारभित्र छलफल भएपछि संसद्, संसदीय समिति र सम्बन्धित पक्षहरूसँग पनि विस्तृत छलफल गरेर अघि बढाइने बताइन् ।

Views: