d

हमासले बन्धक बनाएका पाँच जनाको सव फेला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।

बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले  जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ ।

सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।

इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेका छन् ।

Views: