d

रौतहटमा ५ घर जलेर नष्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

वैशाख २०, २०८१ बिहीबार, रौतहट : माधवनारायण नगरपालिका-६  विनटोलमा बिहीबार दिउँसो भएको आगलागीमा ५ घर जलेका छन्।


बिहीबार दिउँसो साढे १ बजे स्थानीय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट आगो सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको छ।

घर गोठ जलेर  अन्नपात, लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५ सय रुपैयाँको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन्।


आगलागीको खबर पाउनासाथ सुरक्षा वेसक्याम्प भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। 

Views: