d

हात्तिपाले रोग विरुद्धको अभियानमा गौरादह जेसीज WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास/ २०८१, बैशाख १७ गते आइतबार:

 हात्तीपाइले  रोग विरुद्ध आम ‌औषधी सेवन अभियान - २०८१
देशका सात जिल्ला झापा, धनुषा, सर्लाही, रौतहत, रसुवा र कपिलवस्तुमा आजबाट हात्तीपाइले रोगविरुद्ध ‍औषधी सेवन अभियान शुरु हुने दिन आज गौरादह जेसीजको आयोजनामा गौरीगञ्ज बहुमुखी क्याम्पस, गौरीगञ्जमा हात्तीपाइले रोगविरुद्ध ‍औषधी सेवन अभियान- २०८१ एक दिवशीय विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । । औषधी खाने अभियान २०८१ बैशाख १६ देखि ३० सम्म संचालन भै रहेको छ । 
गौरीगञ्ज बहुमुखी क्याम्पसमा अध्ययनरत ८० जना विद्यार्थीको उपस्थितीमा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको रुपमा गौरीगञ्ज गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र रहनु भएको थियो ।हात्तीपाइले कस्तो रोग हो र यो कसरी लाग्छ ? हात्तीपाइलेबाट कस्तो औषधी सेवन गर्ने र यसले के गर्छ ? हात्तीपाइले रोगविरुद्धको औषधी क-कसले सेवन गर्ने ? हात्तीपाइले रोगविरुद्धको औषधी सेवनका शन्दर्भमा रहेका भ्रमहरुको जानकारी र हात्तीपाइले रोगको वर्तमान अवस्था लगायतका विषयमा सहजकर्ता मिश्रले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गौरीगञ्ज गाँउपालिका उपाध्यक्ष पुजन न्यौपानेले स्थानीय सरकारले उच्च प्राथमिकताकोसाथ संचालन गरिरहेको यो अभियानमा गौरादह जेसीजले तदारुकता देखाउनु प्रशंसनिय भएको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि गौरीगञ्ज बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले हात्तीपाइले रोगविरुद्ध ‍औषधी सेवन गर्ने शन्दर्भमा अझै पनि समुदायमा केही भ्रमहरु रहेको र ति भ्रमको निवारण गर्ने दायित्व हामी सबै रहेको बताउनु भयो । कार्यक्रममा प्राध्यापक चन्द्र खड्का, भक्त भण्डारीज्यू साथै जेसीजकर्मीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
गौरादह जेसीज वर्ष २०२४ कि कार्यकारिणी उपाध्यक्ष जेसी एकता पोखरेलज्यूको संयोजनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी खड्गबहादुर थापाले गरेका थिए भने कार्यक्रम संचालन महासचिव जेसी ध्रुवचन्द्र अधिकारीले गरेका थिए

Views: