d

  निरन्तर ओरालो लाग्दै शेयर बजार, आज ६ दशमलव ९० विन्दुले घट्यो

Views:

काठमाण्डाै –  शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० विन्दुले घटेको छ।  हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा पुगेको हो ।

दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Views: