d

उपमेयरको नेतृत्वमा गौरादहमा बजार अनुगमन सुरु, अखाद्य सामाग्री धमाधम नष्ट गरिदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह नगरपालिकाले खाद्य अनुगमन सुरु गरेको छ  । गत आर्थिक वर्ष देखि नै सुरु गरेको बजार अनुगमन बीचमा रोकिएको भएपनि नयाँ आव सँगै सुचारु गरिएको हो । नगर उपप्रमुख जलवर्षा राजवंशी नेतृत्वको टोलिले गौरादह ७ स्थित ग्वालडुब्बा चोक तथा बजार क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनको क्रममा ठूलो परिमाणमा भने अखाद्य पदार्थ प्राप्त नभएको बताइएको छ ।  म्याद गुज्रिएका खाद्य सामाग्रीहरु प्रहरीको रोहवरमा नष्ट गरिएको थियो । 

 अनुगमन कार्यक्रममा संयोजक राजवंशीका अतिरिक्त  इलाका गौरीगञ्जका नायब सुब्बा बिरेन्द्र चौहान, आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा सागर ढूंगाना,  प्रमुख प्रशासकीय अधिकृत यूबराज खतिवड़ा, वडाध्यक्ष बलराम खरेल लगायतको उपस्थितिमा अनुगमन सम्पन्न गरिएको थियो ।

Views: