d

राष्ट्रपति निर्वाचन: पुरानो गठबन्धन सँग नजिकिदै प्रचण्ड, साँझ सम्म सहमति खोजिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई दिन बाँकी रहेको छ।   निर्वाचन नजिकिदै गर्दा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता पनि  तीव्र हुँदै छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताए । विभिन्न चरणमा संसद्का मुख्य दलहरूसँग छलफल भइरहेको छ । बुधबार चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी-पार्टीबीच कुरा भएको छ,’ उनले भने, ‘दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गरेका थिए भने बुधबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्तावसहित धुम्बाराही पुगेका थिए ।

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए । ‘संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ,’ उनले भने ।

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले आफ्नो तर्फबाट उम्मेदवार नउठाए पनि राष्ट्रिय सहमतिका आधारमा ‘सर्वस्वीकार्य व्यक्ति’को खोजी गरिरहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ । संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ । राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ ।

चुनावताकाको गठबन्धनमा रहेका पाँच दल एक ठाउँमा उभिन तयार भएसँगै पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो । सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने उनीहरूको निष्कर्ष छ

Views: