d

खिम्ती प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउँछ : कुलमान घिसिङ

Views:

८ वैशाख २०८१:
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् ।

मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाबाट प्राप्त अवसर र चुनौती विषयक अन्तरक्रियामा निर्देशक घिसिङले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणलाई आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताए ।


उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बीडीए, पीडीए र पीए सबै विषयमा छलफल भइरहेको बताए । उनले २०२१ मा विभिन्न रूपमा छलफल भए पनि कोभिडका कारण समस्या भएको बताए ।


उनले भने,‘उहाँहरूले अझ बेटर अप्सन दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔँ । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रूपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने भन्नेमा छु । त्यो शेयर आउँछ ।’

 

नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल बुझाउने बारे अत्यन्त जरुरी सूचना !!!!

 file:///C:/Users/USER/Downloads/ckeditor4-export-pdf.pdf

नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल संकलन विनियमावलीमा "मिटर रिडिङ गरेको ६० औं दिनसम्म बिद्युत महशुल नबुझाएमा बिना सुचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिनेछ" भन्ने व्यवस्था रहेको छ । ✓ सोही व्यव्स्था बमोजिम समयमै महशुल नबुझाउने ग्राहकको लाइन काट्‌ने काम धमाधम भइरहको छ । यस्ता ग्राहकहरुले बिल रकममा २५% अतिरिक्त जरिवाना तथा लाइन जोड्नको लागि दस्तुर रु. ८४७।५० समेत बुझाउनु पर्ने हुन्छ ।

✓ तसर्थ मिटर रिडिङ हुने दिनको ७ दिनभित्र महशुल बुझाइ २% छुट समेत पाऔं । ✓ महशुल रकम अनलाइनबाट बुझाइ समय र पैसाको समेत सदुपयोग गरौं ।

विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको व्यवस्थाः

मिटर रिडिङ भएको मितिले

७ दिनभित्र महशुल बुझाएमा

८ औ दिनदेखि १५ औ दिनसम्म महशुल बुझाएमा

रिबेट/थप दस्तुर: २% छुट

१६ औ दिनदेखि ३० औ दिनसम्म महशुल बुझाएमा ५% थप दस्तुर

३१ औ दिनदेखि ४० औ दिनसम्म महशुल बुझाएमा १०% थप दस्तुर

४० दिनपछि महशुल बुझाएमा २५% थप दस्तुर

भएको ग्राहकको बिचको अंकले (१५ गते) मिटर रिडिङ हुने दिन जनाउँदछ ।

समयमै महशुल बुझाइ २७% सम्म बचत गरौं

Views: