d

गौरादहमा हात्तिपाइले रोग विरुद्ध औषधि वितरण सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापाको गौरादहमा हात्तिपाइले रोग विरुद्ध औषधि वितरण सुरु गरिएको छ  । उक्त विषयमा वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी गराएका हुन् । 


 हात्तीपाइले रोग भनेको के हो? 
हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो।

ktm cancer
हात्तीपाइले रोग कसरी सर्छ?
• लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारीदिन्छ। 
• यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ।

हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु के के हुन्? 
शुरूशुरूमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएता पनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन। लामो समयपछि एक वर्ष वा त्यो भन्दा बढि समयपछि मात्र रोगको लक्षणहरू देखिनसक्छ।
• ज्वरो आउनु 
• जाडो लाग्नु 
• शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु 
• हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु 
• महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु 
• पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुन वा हाइड्रोसिल हुनु 
• बिरामीका यौन अंगहरू सुन्निनु 
• रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो ठूलो हुनु 
• बिरामीको पिसाब सेतो रंग वा दही जस्तो हुनु यो रोगले शारीरिक असमर्थता पनि हुने भएकोले मानसिक तनाव। बढी भई कामकाज गर्न सकिँदैन।

hams
हात्तीपाइले रोग लागेमा के गर्ने? 
• हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारको लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ।

prabhu bank
• यो रोगबाट बच्नको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागु भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधी सेवन गर्नुपर्छ। स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरू मार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो। यो औषधी वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ।

हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने? 
हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ :

• सुत्ने बेलामा सधै झुल प्रयोग गरी सुत्ने 
• पुरा बाहुला भएको लुगा र सम्पुर्ण शरीर छोप्ने लुगा लगाउने 
• घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मलम लगाउने। 
• लामखुट्टे भगाउने धुप बाल्ने लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने 
• झ्यालढोकामा मसिनो जाली लगाउने 
• गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

Views: