d

दुबईमा  विश्वकै  ठूलो विमानस्थल टर्मिनलको निर्माण शुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।

दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल मार्फत विमानस्थलमा नयाँ यात्री टर्मिनलको डिजाइनलाई स्वीकृति दिएर ३४ अर्ब ८५ करोड अमेरिकी डलरको लागतमा भवनको निर्माण शुरु भएको जानकारी दिनुभएको छ । 

यो टर्मिनल पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल विश्वको सबैभन्दा बढी क्षमताको हुने  र अहिलेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुनेछ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो ।  

Views: