d

गौरादह नगर अस्पतालमा विशेषज्ञ सुविधा थप, कुन दिन कुन रोग सम्बन्धि सेवा?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास/ बैशाख ११, झापा: गौरादह नगर अस्पतालमा नियमित विशेषज्ञ सेवा थप गरिने भएको छ । 

दमकका दुई स्वास्थ्य सेवा प्रदायक ओम मेची अस्पताल   र आमा डेन्टलले नगर अस्पताल गौरादहमा प्रत्येक हप्ता नियमित सेवा दिने भएका हुन् । ओम मेची अस्पताल दमकबाट डा. निरन्जन सिंह बोगटी र डा. शंकर प्रसाद हुजदारले प्रत्येक हप्ताको आइतबार र मंगलबार विशेषज्ञ सेवा प्रदान गर्ने विषयमा आज सम्झौता गरिएको छ । 
त्यस्तै आमा डेन्टल केयर प्रा.लि. दमकले हप्ताको दुई दिन मङ्गलवार र शुक्रबार  दाँत तथा मुख सम्बन्धि समस्याको विशेषज्ञ सेवा प्रदान गर्ने बताइएको छ । 

स्थापनाको छोटो अवधिमै यस अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै गएको नगर प्रमुख छत्रपति सुवेदी बताउनुहुन्छ । 

बिमा सहितको रिफर सेन्टरको रूपमा विकास गरे लगत्तै विभिन्न रोगका विशेषज्ञ सेवा प्रदान गर्दै आएको नगर प्रमुख सुवेदीको भनाइ रहेको छ । 

'नगरवासीलाई स्वास्थ्य सम्बन्धि पहुँच पुर्याउने उद्देश्यले अस्पतालमा स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको छ । महिनाभरको तालिका बनाएर विशेषज्ञ सेवा थपिदै गएको छ ।', मेयर सुवेदीले बताउनु भयो । 

सहमति अनुसार सेवा प्रदायकहरुले विशेषज्ञ सहित प्राविधिक सहयोग प्रदान गर्ने छ । सम्बन्धित स्वास्थ्य जाँच सम्बन्धि रिपोर्टहरु सेवा प्रदायकले उपलब्ध गराउने छ्न्  भने बिमा बापत प्राप्त हुने औषधिहरु नगर अस्पतालबाट लिन सकिने र विमाबाट उपलब्ध हुन नसक्ने औषधिहरु फार्मेसीबाट खरिद गर्नुपर्ने हुन्छ ।

गत पौषमा गोदाबारी अस्पताल उर्लाबारी सँग नगरपालिकाले सम्झौता गरे सँगै बालरोग, हाड जोर्नी, सर्जन, महिला तथा स्त्री रोगका चिकित्सकले नगर अस्पतालमै सेवा दिन थालेका छन्  । गोदावारी अस्पतालका अध्यक्ष डा. सुर्यनारायण साह र नगरपालिका बीच उक्त सम्झौता गरिएको थियो । 

 सहमति अनुसार साताको दुई दिन बाल रोग सम्बन्धी चिकित्सक, जनरल मेडिसिन सम्बन्धी चिकित्सकले सेवा दिँदै आएका छन् ।   यसै गरि साताको एक पटक सर्जन, महिनामा २ पटक स्त्रीरोग बिशेषज्ञ, एक पटक हाड जोर्नि बिशेषज्ञले बिरामी जाँच्ने छन् । यी चिकित्सकहरु गोदाबारी अस्पतालले उपलब्ध गराउने छ । यसै गरि सबै प्रकारको ल्याब परिक्षण समेत गौरादह नगर अस्पतालबाटै गर्न सकिने छ । रगतको नमुना लिएर हरेक दिन गोदाबारी अस्पताल पठाइने छ । रिपाेर्ट भने नगर अस्पतालबाटै पाइने छ । नगर अस्पतालमा नहुने जाँच उर्लाबारी गोदाबारी अस्पतालमा गर्ने सहमति भएको छ । अब साना तिना अप्रेसन पनि नगर अस्पतालमा गर्न सकिने जनाइएको छ ।
 नगर प्रमुख सुवेदीका अनुसार अनुसार भिडियो एक्सरे मेसिनका लागि समेत चिकित्सक उपलब्ध गराउने समझदारी भएको छ । 
गौरादह नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएसँगै बिरामीको चाप समेत बढेको छ ।

अस्पतालले २०८० माघ महिना देखि प्रत्येक आइतबार र बुधबार - फिजिसियन सेवा, प्रत्येक  सोमबार सर्जन सेवा, प्रत्येक मङ्गलबार र शुक्रबार बालबिषेशज्ञ सेवा, महिनाको पहिलो र तेस्रो हप्ताको बिहीवार स्त्रीरोग विशेषज्ञ, महिनाको दोश्रो र चौथो हप्ताको बिहिवार हाडजोर्नी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । 

Views: