d

कर्म योग

Views:

 

श्रीमदभागवत गितामा
कृष्णले अर्जुनलाई खोके भन्दा बढी
धर्मात्माहरुले गिताको बारेमा चर्को खोक्दछन
त्यसैले कुरा गरौँ कर्मको बारेमा।

कर्मलाई कामको संज्ञा दिइयो
कृष्णले भागवत भक्त हुन प्रेरित गरे,
आफू परमात्मा भएको दावी गरे
तर यथार्थतामा
कृष्णले पनि निकै कर्म गरे।
प्रसङ्ग बदलौं
धर्मात्माको लागि थोरै भागवत विरोधी बनौं ।

के हो त कर्म भनेको?
कर्म भनेको दुःख मात्रै हो
किनकि भात खाँन पनि
अन्नलाई मुख सम्म लाने दुःख गर्नु पर्छ
अन्न उत्पादन गर्न कृषिमा दुःख गर्नु पर्छ
यो त थियो
कर्मको विश्लेषण
थोरै धार्मिक बनौं
यज्ञ गर्नलाई पनि यज्ञमा बाल्न दाउरा चाहिन्छ
हवन गर्न अन्न लगायतका वस्तु चाहिन्छ
अरूले सामग्री तयार पारे पनि
मुखले स्वाहा भन्दा हातले हवी चढाउने दुःख गर्नुपर्छ।

त्यसैले गर्दा दुःख हाम्रो जीवनको अभिन्न अंग हो
मृत्यु भन्दा अन्य सुख केही पनि छैन
र हुन पनि सक्दैन
किनकी मृत शरीरले
आफ्नो शारीरिक अङ्गले गर्नुपर्ने कर्म पनि गर्नु पर्दैन
अब यहाँ धर्म जोडौँ
मृत शरीर परमात्मामा लिन हुन जाँदा
कि त दुःखी आत्मा भएर पुनर्जन्म पाउँछ
कि त मोक्ष भनेर परमात्मामा लिन हुन्छ
जहाँ बाट उसको आत्माको अस्तित्व रहँदैन।
त्यसैले कर्मयोग सिकाउने कृष्णले
दुःख सिकाएनन
सुख र आनन्द सिकाए,
महादेव र विष्णुले कहिल्यै पनि
आफूलाई परमात्मा भनेनन्
कृष्णले आफू परमात्मा भएको दावी गरे
उक्त दावीको भुक्तानी 
उनका अनुयायीहरुले प्रदान गरे
नयाँ धर्म खोलेर
"कृष्ण प्रणामी" ।
उसले पनि नयाँ गीता लेख्यो
नयाँ धर्म बनायो
अनि दान गरिदियो
भुक्तानी पाएर दान पाउनेले नयाँ धर्म सुचारु गरुन भनेर ।

Views: