d

जसपा फुटेपछि प्रचण्ड माथि बाबुरामको आक्रोश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं, २३ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले नै सरकारको नेतृत्व गरेको बेलामा पार्टीहरु विभाजन भएपछि प्रश्न उठाएका छन् ।


उनले जनयुद्धका सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला नेपालमा सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान र कानूनको अपव्याख्या र बलात्कार आदि नांगो नाच देखिएको उल्लेख गर्दै यी सबै देख्दा सेतै दाह्रीवाला बुढा मार्क्सले आज आफ्नो जन्मदिन (मे ५) मा ब्रह्माण्डको कुनै कुनाबाट के भनिरहेका होलान् ? भनेर प्रश्न गरेका छन् ।

Views: