d

स्वर्ण लक्ष्मी सहकारी: १५ औं स्थापना दिवसमा गौरादहमा स्वास्थ्य परिक्षण, सदस्य शिक्षा, तथा सम्मान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का गौरादह/ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले १५ औं स्थापना दिवस बिभिद कार्यक्रम गरि मनाएकाे छ।संस्थाकाे सेवा केन्द्र गौरादहकाे सभाहलमा आयाेजना गरिएकाे कार्यक्रममा सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान र पुरस्कार बितरण कार्यक्रम गरि स्थापना दिवस मनाएकाे हाे।संस्थाले स्थापना दिवसको अवसरमा गौरादह -९ काे सिद्धिदाता आधारभूत बिद्यालयमा अध्यानरत २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ब्याग बितरण गरेकाे छ। कार्यक्रमकाे सभापति समेत रहेका संस्थाका अध्यक्ष बुद्धि सागर बरालले न्यून आयस्राेत भएका  अभिभावकका छाेराछाेरीहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने भएकाले पाठ्यपुस्तक बाेक्न सहयाेग पुग्ने उदेश्यले ब्याग बितरण गरिएकाे जानकारी गराएका थिए।  स्वास्थ्य परिक्षण अन्तर्गत निशुल्क आँखा शिविर र दन्त परिक्षण गरिएकाे थियाे।आमा डेन्टल प्रा.लि. दमकले दन्त परिक्षणकाे प्राबिधिक सहयाेग गरेकाे थियाे। लायन्स आँखा अस्पताल द्वारा संचालित पाथिभरा नेत्रालय दमकले आँखा शिविरमा प्राबिधिक सहयाेग गरेकाे थियाे। शिविरमा आँखा परिक्षण गरिएका मध्ये अधिकांश आँखा कमजाेरी, आँखा चिलाउने पाेल्ने लगायतका बिरामीहरुभेटिएकाे दृष्टि बिशेषज्ञ शिव संकर महत्ताेले जानकारी गराए।स्वास्थ्य परिक्षणमा दन्त परिक्षण अन्तर्गत ४०  जनाले र आँखा शिविर अन्तर्गत    ५८ जनाले सेवा लिएका थिए। आँखा शिविरमा परिक्षण गर्न आएका न्यून आय भएकाहरुलाई निशुल्क चस्मा बितरण गरिएकाे पाथिभरा नेत्रालयका अप्टिसयन रमेश पासवानले जानकारी गराएका छन।संस्थाकाे गौरादह सेवा केन्द्रमा उत्कृष्ट बचत काराेवार गर्ने रन्ताेस बिमली, प्रेम सिंह पाख्रिन, ईन्दु खड्का, बिहानी चौधरी र समृद्धि राई पुरस्कृत भएकाे संस्थाकी गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराइन। कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं -२ का वडाध्यक्ष गाेपाल प्रसाद काेईरालाले नागरिकको जीवन स्तर उकास्न र गरिबी निवारणमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका थिए। कार्यक्रममा आमा डेन्टल प्रा. लि. का अर्जुन कुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका सचिब संजीव रिमालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Views: