d

गौरादह १ मा हरेक महिना निशुल्क नागरिक आरोग्य शिविर सन्चालनमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/ गौरादह वडा नम्बर १ ले प्रत्यक महिनाको ४ गते गौरादह १ मा नागरिक आरोग्य स्वास्थ्य शिविर सन्चालनमा ल्याएको छ।  नागरिकहरुलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न सहज होस् भन्ने उद्देश्यले हरेक महिनाको ४ गते स्वास्थ्य शिविर सन्चालन गरिदै आएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताएका हुन्। 

 'हामीले वडावासीको हितमा स्वास्थ्य सम्बन्धि धेरै नै कार्यक्रमहरु सन्चालन गरिरहेका छौं।  नागरिक आरोग्य स्वास्थ्य शिविर सन्चालनले आयुर्वेदिक पद्दतिको महत्व पनि थाहा हुने भयो र स्वास्थ सम्बन्धि स-साना र गम्भीर खाले समस्यामा समेत यो शिविर प्रभावकारी देखिएको छ।', भण्डारीको भनाई छ।  

गौरादह नगरपालिकाद्वारा संचालित बैगुन्धुरामा रहेको नगर आयुर्वेदिक अस्पतालका स्वास्थ्यकर्मीको टोलीले विगत ४ वर्ष देखि निरन्तर रुपमा हरेक महिनाको ४ गते वडा कार्यालय परिसरमा सेवा संचालन गर्दै आएको वडाध्यक्ष भण्डारीले जानकारी गराउनु भएको छ।  
 

Views: