d

नयाँ वर्षको अवसरमा शुभकामना तथा जेसीज क्यालेन्डर विमोचन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
झापा: गाैरादह जेसीजले नव वर्ष २०८१ काे अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ  । हरेक वर्ष झै यो पटक  पनि नववर्षको अवसरमा क्यालेन्डर विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

जानकिश्वर गुरुकुल शिवालय मन्दिरको सभाहलमा आयोजित कार्यक्रम गौरादह बहुमुखी क्याम्पसका पुर्व प्रमुख सुरेश बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा वक्ताहरुले सामाजिक क्षेत्रमा जेसीजले पुर्याएको योगदान बारे चर्चा गरेका थिए । 
जेसी गणेशराज ताजपुरियाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा  वडाअध्यक्षहरु नगेन्द्र भण्डारी, गोपालप्रसाद कोइराला,  राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु, जेष्ठनागरिक, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्युहरु लगायत जेसीजकर्मीहरुको उपस्थिति रहेको थियो ।

Views: