d

गौरादहको अरुणोदय आ. वि. का विद्यार्थीलाई पाेसाक तथा पाठ्यसामाग्री वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का गौरादह/साना सहयाेगी समूह नेपाल दमकले गौरादह नगरपालिका वडा नं -८ मा रहेकाे अरुणाेदय आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पाेसाक तथा पाठ्यसामग्री वितरण गरेकाे छ। संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद गड्तौलाले ग्रामीण क्षेत्रमा रहेका बिपन्न परिवारका छाेराछाेरीहरुलाई बिद्यालय प्रति आकर्षण बढाउन सामग्री बितरण गरेकाे बताएका छन। संस्थाका तर्फबाट आफुले प्रत्येक बर्ष बिद्यार्थीहरुलाई पाेसाक तथा पाठ्यसामग्री बितरण गर्दै आएकाे र बिपन्न परिवारका छाेराछाेरीहरुलाई शिक्षण सिकाई कार्यमा सहज भएकाे बताएका छन। अरुणाेदय आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई ९२ थान सुट, १५ दर्जन कापी,८  दर्जन पेन्सिल,  , ईरेजर , कटर , बलपेन बितरण गर्नुका साथै खाजाकाे समेत ब्यबस्था गरिएको थियाे।पाठ्यसामग्री बितरण गर्न संस्थाका सचिब रमेश क्षेत्री, सदस्यहरु देब कुमारी गड्तौला, कन्चन गड्तौला लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमकाे  सभापति समेत रहेकी अरुणाेदय आधारभूत बिद्यालयकि अध्यक्ष सीतामाया गुरुङले बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहयाेग पुर्याउन बिद्यालयका तर्फबाट समितिले हरदम प्रयास गरिरहेकाेमा अन्य संघ संस्थाहरुले थप सहयाेग गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ। सामाजिक तथा शैक्षिक ब्याक्तित्वकाे रुपमा परिचित समृद्ध जुराेपानी कृषि सहकारी संस्था अध्यक्ष खेमराज अधिकारीले शिक्षण सिकाई कार्यलाई सफल बनाउन अभिभावक समेत सचेत हुनुपर्ने धारणा राखेका थिए।दक्षिणी क्षेत्रमा रहेका बिपन्न परिवारका बिद्यालयमा अध्यान गर्न समस्यामा रहेका बिद्यार्थीहरुलाई पहिचान गरि समन्वयत्मक भुमिका निर्वाह गर्दै  संस्थाहरुमा पहल गरि सहजिकरण गरेका समाज सेवी बेनुराज प्रसाईंले समस्यामा गुजि्ररहेका नानीहरूकाे शैक्षिक स्तर उकास्न लागि परेकाे बताएका छन।बिद्यालय ब्यबस्थापन समिति सदस्य टेकराज दाहालले शुभकामना मन्तब्य राखेका थिए।

Views: