d

झापाली  पत्रकारको साहार बन्दै 'सहारा पत्रकार उपचार कोष'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि एक करोड रुपैयाँ पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए ।

महासङ्घको आफ्नै कोषबाट चार लाख रुपैयाँ र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले रु एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार समाचार सङ्कलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही रु तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।


‘अधिकांश पत्रकार कमजोर आर्थिक पृष्ठभूमिबाट यो पेसामा आएका हुन्छन्’, महासङ्घका पूर्वअध्यक्ष तारामणि सापकोटाले भने, ‘पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको थियौँ ।’ उनका अनुसार जिल्लामा हाल दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् ।

Views: