d

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु, शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका एकजनाको उपचारको क्रममा निधन भएको छ ।

राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो ।


राप्रपाको मधुवन नगरपालिका अध्यक्षसमेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।


प्रवक्ता श्रेष्ठका अनुसार डाँगीको शव श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ ।

डाँगी पहिल्यैदेखि श्वासप्रश्वाससम्बन्धी बिरामी थिए । आन्दोलनका क्रममा उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो । त्यसपछि गाह्रो भएका उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Views: