d

 पत्रकारिताको विकासमा राज्य सधैं अनुदार: अध्यक्ष पोख्रेल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बिर्तामोड ३ बैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको विकासमा राज्य सधैं अनुदार हुने बताएका छन् ।
झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृह झापामा आवद्ध महिला पत्रकारहरुसंगको भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले लोकतन्त्रको रक्षाका लागि सञ्चार विकास जरुरी भएपनि राज्य पक्ष सधैं अनुदार भएको बताएका हुन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष पोखरेलको आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरेलले महिलाले पत्रकारितामा टिकीरहनका लागि प्रविधि पत्रकारिता (मोजो) थप प्रभावकारी हुने बताए । प्रविधिका कारण पनि महिलाहरुका लागि पत्रकारितामा चुनौति बढ्दै गएको बताउँदै अध्यक्ष पोखरेलले भने–‘किचनमा खाना बनाउँदा बनाउँदै मोवायलबाटै प्रकाशन ÷प्रशारण गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक भइसकेको छ ।’ कोभिड पछि पत्रकारितामा महिलाहरुको उपस्थिति कमजोर देखिएको उनको भनाई थियो ।
सरकारले ल्याउन लागेको मिडिया विधेयकमा महासंघ समावेशीतालाई प्राथमिकतामा राखेर महिला पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव पेश गरेको जानकारी दिंदै अधिकारको विषयमा अरुले कुरा उठाउँदा भन्दा आफ्नो अधिकारका लागि आफैं आवाज उठाउँदा दर्बिलो हुने सुझाव दिंदै सोही अनुसार अघि बढ्न सुझाव दिए ।
महासंघको सदस्यता शुद्धीकरणको सन्दर्भमा भनाई, लेखाई र कार्यान्वयनमा जाँदा  शुद्धीकरणको मर्म अनुसार हुन नसकेको हो कि भन्ने देखिएको बताउँदै अझै पनि सच्याउने ठाउँ रहेको बताए ।
सो अवसरमा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्था स्थापनाको पृष्ठभूमिबारे जानकारी गराउनु भएको थियो भने निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले नेपाली पत्रकारको अवस्था, नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषको उद्देश्य, औचित्य, अवस्था  बारे जानकारी दिंदै पत्रकार शुद्धीकरणका नाममा भएका छिद्रहरुबारे गम्भिर ढंगले सोचेर मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासंघ प्रदेश सदस्य सुरेन्द्र भण्डारीले पत्रकार शुद्धीकरणले निम्त्याएको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने वातावरण बनाउन केन्द्रीय अध्यक्ष समक्ष माग गरे ।
त्यस्तै नारी सञ्चार गृहकी अध्यक्ष गौतमले महिला पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिंदै अक्षयकोष पूर्णताको संकल्प, आम महिला पत्रकारलाई सदस्यता प्रदान गर्ने योग्यता र सदस्यता अद्यावधिकका क्रममा अपनाइएका समान बुँदा समान बुँदा व्यवहारिक र न्यायोचित नदेखिएको बताउँदै बैबाहिक जीवनपछि महिलाले पूरा गर्नुपर्ने प्राकृतिक जिम्मेवारीका क्रममा ३ वर्षसम्म पूर्ण निस्क्रिय नभएका महिला पत्रकारलाई शुद्धीकरणको कसीमा नलैजान ध्यानकर्षण गराइन ।
नारी सञ्चार गृह झापाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत दिपा पोखरेलले गरेको बिनिशा शर्माले जानकारी दिइन् । 

Views: