d

गौरादह १ मा नागरिक आरोग्य शिविर, हरेक महिनाको ४ गते नियमित सेवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, २०८१/०१/०४ गते मंगलबार 

 गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष २०७४ देखि निरन्तर रूपमा वडाध्यक्षको जिम्मेवारीमा छन् । गौरादह नगरपालिका घोषणा भए यता वहाँको यो दोश्रो कार्यकाल हो । आफ्नो पहिलो कार्यकाल देखि नै भौतिक विकासका कार्यहरूलाई प्राथमिकता दिँदै आएका भण्डारीले भौतिक पुर्वाधार बाहेक शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुलाई समेत प्राथमिकतामा राख्दै आएका छन् । 

यसैको ज्वलन्त उदाहरण हो नागरिक आरोग्य शिविर । 
नागरिक आरोग्य शिविर हरेक महिनाको ४ गते वडा कार्यालय परिसरमा विगत ३ वर्ष देखि नियमित रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवा हो । आयुर्वेदिक उपचार पद्धतिमा आधारित यो सेवा वडा नम्बर ९ मा रहेको नगर आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हरेक महिनाको ४ गते आयोजना हुने शिविरबाट सयौंले स्वस्थ्य सुविधा प्राप्त गरिरहेका छन् । 

यसैबीच आज सम्पन्न भएको स्वास्थ्य शिविरबाट झण्डै १५० जनाले स्वास्थ्य सुविधा प्राप्त गरेका छन् । 

नागरिकहरुलाई आयुर्वेदिक पद्धतिबाट उपचार सेवा प्रदान गर्दा पूर्णरूपमा निशुल्क सेवा दिने गरेको वडाध्यक्ष भण्डारी बताउछन् । 

 
यो पनि पढ्नुहोस् 

पर्दाफास/ २०८०/१२/१९ झापा: गौरादह १ मा नागरिक आरोग्य शिविर सञ्चालन गरिएको छ । हरेक महिनाको ४ गते नियमित रूपमा सञ्चालनमा आएको 

गौरादह वडा नम्बर १ ले प्रत्यक महिनाको ४ गते गौरादह १ मा नागरिक आरोग्य स्वास्थ्य शिविर सन्चालनमा ल्याएको छ।  नागरिकहरुलाई निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न सहज होस् भन्ने उद्देश्यले हरेक महिनाको ४ गते स्वास्थ्य शिविर सन्चालन गरिदै आएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताएका हुन्। 

 'हामीले वडावासीको हितमा स्वास्थ्य सम्बन्धि धेरै नै कार्यक्रमहरु सन्चालन गरिरहेका छौं।  नागरिक आरोग्य स्वास्थ्य शिविर सन्चालनले आयुर्वेदिक पद्दतिको महत्व पनि थाहा हुने भयो र स्वास्थ सम्बन्धि स-साना र गम्भीर खाले समस्यामा समेत यो शिविर प्रभावकारी देखिएको छ।', भण्डारीको भनाई छ।  

गौरादह नगरपालिकाद्वारा संचालित बैगुन्धुरामा रहेको नगर आयुर्वेदिक अस्पतालका स्वास्थ्यकर्मीको टोलीले विगत ४ वर्ष देखि निरन्तर रुपमा हरेक महिनाको ४ गते वडा कार्यालय परिसरमा सेवा संचालन गर्दै आएको वडाध्यक्ष भण्डारीले जानकारी गराउनु भएको छ।  

Views: