d

इलाम २ मा सुहाङ नेम्बाङ फराकिलो अन्तरले विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

इलाम : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्। 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। ५८३० मतान्तरले विजयी हुँदै नेम्वाङले प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।


सुहाङका बुबा सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो।

Views: