d

नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तेस्रो टी-२० मा नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा १५१ रनमै समेटिएको हो। नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि लोकेश बम र करण केसीले २८-२८, कुशल मल्लले २०, विनोद भण्डारीले १९ र अनिल साहले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

वेस्ट इन्डिजका लागि हेडेन वाल्सले तीन, गुडाकेस मोटिईले दुई, म्याथ्यु फोर्ड, ओबेड म्याक्वे, फ्याबिन अलेनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले तीन विकेटको क्षतिमा २२७ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि चार्ल्सले ११९ रन बनाए। उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे।

कप्तान एन्ड्रु फ्लेचरले अर्धशतक बनाए। उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, फबिअन अलेनले १९, एलिक एन्थेनेजले १७ र किमो पउलले १३ रन बनाए।

नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए। अन्य बलर महँगा सावित भए।

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ले पाँच खेलको टी-२० शृंखलामा २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो र तेस्रो खेल वेस्ट इन्डिजले जिथ्यो। अर्को खेल बिहीबार दिउँसो १ बजे शुरू हुनेछ।
https://www.himalkhabar.com/news/141336

Views: