d

जमानत जफत भएका लिम्बुले 'साग' पसल खोल्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं,१९ वैशाख । भर्खरै सम्पन्न इलाम-२ को उपनिर्वाचनमा पराजित भएपछि पूर्वघोषणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने भएका छन् ।


चुनावी प्रचारको क्रममा चुनाव हारेमा साग पसल खोल्ने अभिव्यक्ति दिएका लिम्बू शनिबार सम्पन्न मतदानमा चौथो स्थानमा सीमित रहँदै जमानतसमेत जफत गराए । चुनावमा जमानत जफत भएपछि सामाजिक सञ्जालमा लिम्बूले आफूहरुले साग पसल खोल्न लागेको जानकारी गराएका छन् । लिम्बूले उपनिर्वाचनमा ५०५० मत पाएका थिए ।

‘निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ? ’ उनले भनेका छन् ‘ मेरो जवाफ हुन्थ्यो- सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ ।

अब आफू छिट्टै साग पसल खोल्ने तयारीमा लागेको उनको भनाइ छ।

यस्तो छ उनको स्टाटस

साग पसल खोल्दै छु-

निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?

मेरो जवाफ हुन्थ्यो-

सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले 'साग बेचेरै भए पनि जनताको सेवा गर्छु' भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।

इलाम र कृषि उत्पादन

इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो । तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन । उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ ।

साग पसल खोल्दै छौँ

हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

साग बेचेर के हुन्छ ?

हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन । म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।

भन्दै आएको थिए-

म अकबरे उम्मेदवार हुँ

म अलैँची उम्मेदवार हुँ

म अम्लिसो उम्मेदवार हुँ

म ओलन उम्मेदवार हुँ

अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ ।

र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

 

 

Views: