d

मानव धर्म सेवा समिति मेची क्षेत्रले दमकको मदरसामा वितरण गर्यो शैक्षिक सामाग्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
[१८  जेठ २०८१, शनिबार ]  

झापा: मानव धर्म सेवा समिति मेची क्षेत्रीय समितिको आयोजनामा मदर्साका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । साविक दमक ५ हाल उर्लाबारी नपा वडा नम्बर ७ मा रहेको तजविदुल कुरान मदर्साका करिब ९५ विद्यार्थीलाई कापी, कलम, जेमेट्री बक्स, सार्प्नर तथा पेन्सिल लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको हो । 

आध्यात्मिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको यस संस्थाले मुस्लिम सम्प्रदायका विद्यार्थीहरुले अध्ययन गर्दै आएको मदर्साको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका मेची क्षेत्र सदस्य भेसकुमार भारतीले जनाए । 

वडा सदस्य मनमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव धर्म सेवा समिति मेची क्षेत्र प्रमुख सन्त स्वर्ण बाइजी, दमक शाखा प्रमुख सन्त मनोरमा बाइजी, गौरादह शाखा प्रमुख सन्त गौमुखी बाइजी, गौरादह शाखा सन्त बबिता बाइजी, केन्द्रिय कार्यसमिति सचिब प्रा. डिल्ली भट्टराई, केन्द्रिय युवा संगठन सदस्य रोशन घिमिरे, मेची क्षेत्र उपाध्यक्ष पदम थापा मगर, मेची क्षेत्र सदस्य भेसराज भारती लगायत मानव धर्म सेवा समिति आवद्ध विभिन्न तहका कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सन्तमहात्माहरुले आसिर्वचन प्रदान गर्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अलाउद्विन मियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मेची क्षेत्र युवा संगठन सदस्य तोजन मणि रैका मगरले गरेका थिए ।

Views: