d

कमल २ एमाले वडा अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेठ ,२०-२०८१
झापा: नेकपा एमाले कमल गा. पा. वडा नम्बर २ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनबाट तेजबहादुर खड्का सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

२१ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा उमेशचन्द्र पोख्रेल, सचिव नारायण अधिकारी, उप- सचिब बिजय कुमार अधिकारी र मिना फुयाल निर्वाचित भएका छन् । 
नव गठित वडा कमिटिका सदस्यहरुमा  नेत्र तिम्सिना, निर्मला अधिकारी, राजन खड्का, शान्ता खड्का, इन्दिरा खड्का, शेरबहादुर अधिकारी, पद्मा बस्नेत, मैना कार्की, थलमाया कट्टेल, बिबेक कार्की, डिल्ली बहादुर भण्डारी, प्रकाश अधिकारी, पूर्ण बहादुर कार्की, धनमाया अधिकारी पोख्रेल, काली प्रसाद रिजाल र संगिता ढुङ्गेल रहेका छन् । 

 नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनमा प्रदेश लेखा कमिटी सदस्य तथा कमल गाउँ पलिका उपाध्यक्ष प्रमिला नेउपाने तिवारी, जिल्ला कमिटी सदस्य तथा कमल सहजकर्ता नारायण प्रसाद गौतम, जिल्ला कमिटी सदस्य चक्र बहादुर गुरुङ ,जिल्ला कमिटी सदस्य प्रेम पोखरेल,जिल्ला कमिटी सदस्य सीता देबि निरौला, कमल गाउँ  कमिटी अध्यक्ष हरि प्रसाद ढकाल ,
सचीव बिरेन्द्र अधिकारी
उप सचिव भिम प्रसद चापागाईं, 
लगायत विभिन्न कमिटिका आवद्द,  अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

पार्टी प्रवेश 

कार्यक्रममा नेकपा एस का प्रदेश कमिटी सदस्य हरि पराजुली, 
कमल गाउँ कमिटी सदस्य पेच बहादुर साउदेन र वडा कमिटी सदस्य खगेन्द्र ढकाल ,नेपाली काङ्ग्रेसबाट सान्ता कुमारी गुरुङ लगायतले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि कार्कीले सम्मान गरे । 

का.बा.अध्यक्ष  कुमार बस्नेतको सभापतित्वमा सम्पन्न भएको नव निर्वाचित सचिब नारायण अधिकारीले जानकारी गराए ।

Views: