d

गौरादह ५: श्रेष्ठको उपचारमा संकलित नगद २,२१,००० परिवारलाई हस्तान्तरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

जेष्ठ ११, २०८१
झापा:गौरादह ४ निवासी पदम श्रेष्ठको उपचारमा समस्या भएपछि स्थानीयहरु आर्थिक संकलन अभियानमा जुटेका छन् । श्रेष्ठको उपचारको लागि हङकङ समाजका पुर्व अध्यक्ष छत्रबहादुरको नेतृत्वमा  संकलन भएको नगद २ लाख २१ हजार श्रेष्ठको परिवारलाई हस्तान्तरण गरिएको छ । 

 बिभिन्न पेशा व्यवसाय गरि हङकङमा बसेका  नेपाली समुदायबाट संकलित उक्त रकम वडाध्यक्ष जगन्नाथ खनालले परिवारलाई हस्तान्तरण गर्नुभएको हो । श्रेष्ठ उपचार अभियानमा  सहजिकरण गर्नुहुने गौरादहका गोपाल कार्कि र  निरबहादुर राइ  लगायत सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइप्रति वडाध्यक्ष खनालले आभार प्रकट गर्नुभयो ।

Views: