d

गौरादहका कलाकर्मी र कला क्षेत्रका पारखीहरुले खोले नयाँ संस्था

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादहका कलाकर्मीहरु संगठित भएका छन् । 'दर्पण कला संसार गौरादह' नामक संस्था गौरादह नगरपालिकामा विधिवत रूपमा दर्ता गरि कलाकार तथा कलाक्षेत्रका पारखीहरु संगठित भएका हुन् । 

आज गौरादह नगरपालिकामा विधिवत रूपमा दर्ता गरिएको उक्त संस्थाको अध्यक्षमा प्रेम लावती रहेका छन् । त्यसैगरी उपाध्यक्षमा देवी बहादुर निरौला, सचिब भुवन सिंह खड्का, सह सचिब पंकजा भण्डारी तथा सदस्यहरुमा डम्बर बहादुर कार्की, सीता राई, मिना श्रेष्ठ,  पुजा निरौला, अनुजा काफ्ले सुवेदी, टेक बहादुर कार्की, युवराज खड्का, स्मित अधिकारी, नारायण राजवंशी रहेका छन् । 

संस्थाको गठन सँगै विधिवत रूपमा दर्ता पाएको यस संस्था स्थापनाको मुख्य उद्देश्य स्थानीयस्तरमा छरिएर रहेका र लुकेका प्रतिभाहरुलाई उजागर गर्ने रहेको संस्थाका अध्यक्ष लावतीले बताए ।

Views: