d

मानवधर्म सेवा समितिले गौरादहमा मनायो वातावरण दिवस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

दमक/ झापाको गौरादह स्थित मानव धर्म सेवा समितिले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरि विश्व वातावरण दिवस मनाएको छ । गौरादह शाखा आश्रम सँगै जोडिएको जनता प्रा. वि. का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा आश्रम परिसरमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाइएको हो ।   समितिले जनज्योति प्रा. वि. परिसरमा समेत वृक्षरोपण गरेको मेची क्षेत्रीय समितिका  सदस्य भेषराज भारतीले जानकारी गराए । 

'बिद्यार्थीहरुलाई फिल्डमा नै लगेर बोट विरुवाको महत्वको बिषयमा सिकाउदै बृक्षरोपणबारे जानकारी गराएका हौ, विद्यार्थीहरुले विद्यालय र आश्रम परिसर लगायत स्थानीय रामचन्द्रे खोला आसपासमा समेत वृक्षरोपण गरेका छन्  ।' भारतीले भने । 

दिनभर वृक्षरोपण लगायत विविध गतिविधिमा संलग्न रहेको मानव धर्म सेवा समितिले बेलुका ७ बजेदेखि आश्रमको सतसङ हलमा सन्ध्याकालिन सत्सङ समारोहको समेत आयोजना गरेको छ । 

गौरादहको कार्यक्रमलाई सफल पार्न  र भक्तहरुलाई आसिर्वचन प्रदान गर्न समितिका विभिन्न आश्रमबाट सन्त महात्माहरु आउनु भएको भारतीले बताएका छन् । 

मानव धर्म सेवा समिति विशुद्ध आध्यात्मिक र सामाजिक संस्था हो । यस संस्थाको मातहतमा झापामा मात्रै गौरादह, दमक, धुलाबारी, भद्रपुर, घैलाडुब्बा र पृथ्वीनगरमा आश्रमहरु स्थापित छन् । 

यस संस्थाले विभिन्न सांस्कृतिक, आध्यात्मिक, चाडपर्व तथा राष्ट्रिय अन्तराष्ट्रिय दिवसका  अवसर पारेर लोककल्याणकारी कार्यहरू गर्दै आएको छ ।

Views: