d

जेष्ठ नागरिक गौरादहको चिन्ता: पुस्ता अन्तर गम्भीर सामाजिक समस्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पुस्ता अन्तरको विषय जटिल सामाजिक समस्या बन्दैगएको छ । आधुनिकताको बढ्दो नक्कल सँगै आफ्ना परम्परागत मुल्य र मान्यता, आफुभन्दा ठुलालाई आदर सत्कार गर्नुपर्छ, वृद्ध व्यक्तिहरु ज्ञानको भण्डार हुन् , उनिहरुबाट नयाँ पुस्ताले जीवन निर्वाहका व्यवहारिक कुराहरु सिक्ने मौका पनि पाउछन् भन्ने विषय केवल परीक्षामा पास गर्न  मात्रै सिक्नुपर्ने विषय बन्दै गएका छन् ।  बिज्ञान र प्रबिधिको बढ्दो प्रभावले मानवीय आचरणमा समेत नकारात्मक प्रभाव छाडिरहेको छ । इतिहासको लामो समय संयुक्त परिवारको मौलिक अभ्यास गरेको नेपाली समाज अहिलेको समयमा बाबू र छोरा सँगसँगै  हिड्न समेत अप्ठ्यारो मान्न थालिसकेका छन् । हजुरबुबालाई नातीले चिन्न छाडी सकेको छ । पुस्ता अन्तरको यही विषयलाई गम्भीरतापूर्वक लिँदै   जेष्ठ नागरिक गौरादह नगर समितिले अन्तर पुस्ता ज्ञान हस्तान्तरण दुई दिवसीय कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । 

झापाको गौरादह ५ र ९ मा  उक्त कार्यक्रम आयोजना गरिएको हो ।   एउटा पुस्ता देखि अर्को पुस्तामा देखिने अन्तरलाई कम गर्ने उद्देश्यले दुई दिवसीय अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम आयोजना गरिएको समितिका सचिब गोपी धमलाले जानकारी गराउनु भयो । 
दुई दिवसीय कार्यक्रम अन्तर्गत जेठ २९ गते गौरादह ९ स्थित अम्बर मा. वि. मा र जेष्ठ ३० गते  जनता मा.वि. बालुबथानमा सम्पन्न गरिएको वहाँले बताउनु भयो ।

'अहिलेको समाजमा 'जेनेरेसन ग्याप' निकै  ठूलो चुनौतीको रूपमा रहेको छ , यो जटिल सामाजिक समस्या हो ।', कार्यक्रम बारे जानकारी गराउदै सचिब गोपी धमालाले बताउनु भयो । 

कार्यक्रमको सहजीकरण पुर्व प्राध्यापक रूद्र वहादुर तामाङले गर्नुभएको थियो । 

कार्यक्रममा उपमेयर जलबर्षा राजवंशी, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता सुब्बा,  जनता मा. वि. वि.व्य.समितका अध्यक्ष  मदन अधिकारी,  अमर मा.वि. बैगुनधराका अध्यक्ष प्रकाश चन्द्र खरेल, जनता मा.वि. बालुबथानका प्र.अ.रत्न कट्वाल, अमर मा.वि. का प्र.अ. टि.पि.पाैडेल लगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियोे ।

Views: