d

युरोकप फुटबल: स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राती भएको युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीले २ खेलमा ३ अङ्क मात्र बनाएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग अङ्क बाँडेको छ । फ्रांकफर्ट एरिनामा गएराति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो खेलमा सर्बियालाई १–० ले हराएको इङ्ल्यान्डले डेनमार्कसँग भने बराबरी खेलेको हो ।

योसँगै इङ्ल्यान्डको २ खेलमा ४ अङ्क भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अङ्क नै छ भने सर्बियाको १ अङ्क छ । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।

Views: