d

कमल ५ मा मधुमेहको निशुल्क परिक्षण सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा ८ असार । कमल -५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले आजदेखि ग्लुकोमिटरबाट सुगर परीक्षण सेवाको शुरुवात गरेको छ । गाउँ पालिका स्वास्थ्य शाखाको सहयोगमा नियमित रूपमा सुगर परिक्षण हुने गरि आजबाट यस वडा कार्यालयमा सेवा सुचारू गरिएको हो ।  उक्त सेवाको वडाअध्यक्ष एलवी विष्टको रगत परीक्षण गरि शुरुवात गरिएको थियो ।

आगामी आर्थिक वर्ष देखि स्वास्थ्य शाखा मार्फत यो कार्यक्रम नियमित रूपमा सुरु हुने भएता पनि यस आर्थिक वर्षमा वडा कार्यालयकै सहयोगमा सेवा सुचारु गरिएको वडाध्यक्ष एल बी विष्टले जानकारी गराए ।

Views: