d

एस ई ई मा गोल्डेन सनराइज गौरादहको उत्कृष्ट नतिजा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह १ सनराइज टोलमा रहेको गोल्डेन सनराइज मा. वि. ले आज प्रकाशित एस ई ई परीक्षाको परीक्षाफलमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । कुल २४ जना परीक्षार्थी मध्ये ९ जनाले A+ ल्याएका छन् भने अन्य १३ जना विद्यार्थीहरु  A ग्रेडिङ ल्याएर उतिर्ण भएका छन् ।

'मुलुकभरको नतिजा खस्किएको बेला हाम्रो विद्यालयले भने निकै राम्रो नतिजा ल्याएको छ । यो पटकको नतिजाले हामी निकै उत्साहित छौँ ।', विद्यालयका प्रधानाध्यापक राजकुमार कार्कीले बताए । 

उच्चस्तरीय शैक्षिक वातावरण भएकै कारण पनि यस विद्यालयले उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको प्र. अ. कार्कीको दावी छ । 

गोल्डेन सनराइज मा. वि. को स्थापना २०५० मा भएको हो ।

 स्थापना काल दखिनै शैक्षिक क्षेत्रमा राम्रो चर्चा कमाउदै आएको यस विद्यालयमा अध्ययन गरेका हरेक विद्यार्थीहरु देश बिदेशमा पुगेर निकै राम्रो सफलता हासिल गर्ने गरेका उदाहरण प्रशस्त भेटिने गरेको भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष निगेस नायाजु बताउछन् । 

अनुभवी र दक्ष शिक्षक, फराकिला र सुविधायुक्त कक्षा कोठा, इसिए तथा खेलकुदका नियमित तालिमहरु हुने गरेकै कारण यस बिद्यालयले सफलता हासिल गर्दै गएको विद्यालयका निर्देशक गणेश नायाजुको भनाइ रहेको छ ।

Views: